२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित


0
Shares

काठमाडौ‌‌ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओलीले दिउँसो एक बजेको लागि बैठक बोलाउनु भएको थियो ।

सर्वोच्चले संसद पुन स्थापना गरेपछि प्रधानमन्त्री ओली पदबाट अपदस्थ हुनुभएको छ । अपदस्थ भएका प्रधानमन्त्री ओलीले बालुवारटार छाड्ने तयारी गर्नु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्रीका रुपमा २०७४ फागुन ३ गते नियुक्त हुनुभएको थियो ।