६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउने


0
Shares

काठमाडौं । माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्मा जाने मन्त्रीहरुको टुंगो लगाउने भएको ।

आज बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवासँग छलफलपछि मात्रै नामको टुंगो लगाउने निर्णय गरेको हो ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहालले देउवासँग छलफल गर्नुहुने भएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अधयक्ष कमरेडले देउवासँग छलफल गरेपछि मात्रै आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।

नामका बारेमा भने अहिले कुनै छलफल नभएको श्रेष्ठले स्पष्ट पार्नुभयो । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सहभागी नभएकाहरुलाई देउवा नेतृत्वमा बन्ने सरकारमा पठाउने तयारी गरेको छ ।