१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई माग राख्दै यातायात व्यवसायीहरू धर्नामा


26
Shares

काठमाडौं । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् ।

यातायात व्यवसायीहरूले यातायातसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

व्यवसायीले यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन् ।

सरोकारवाला समक्ष पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।

यातायात व्यवसायीले लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय नै धरापामा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन् । धर्नाका क्रममा नाराबाजी समेत गरेका थिए ।