
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो । नवनियुक्त प्रधानमन्त्रीको शपथको तयारी भैरहेको पनि कार्यालयले जनाएको छ ।
सर्वाेच्च अदालतले सोमबार प्रनिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्नुभएको हो । यसअघि २०५२, २०५८, २०६१ र २०७४ सालमा उहाँ प्रधानमन्त्री बनिसक्नुभएको छ ।
नियुक्ती लगत्तै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तय भएपछि कांग्रेस र नेकपा माओवादी केन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफमा रहेका छन् । जनता समाजवादी पार्टीले भने पार्टीको विवाद कायमै रहेका अहिल्यै सरकारमा नजाने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्