
काठमाडौं । जापानले नेपालका लागि १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
जापानका परराष्ट्रमन्त्री मोटेगी टोसिमिट्सुले मंगलबार कोभ्याक्समार्फत नेपाललाई अस्ट्राजेनिकाको १६ लाख डोज खोप उपलब्ध गराउने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
खोप अगस्ट अन्त्यसम्म जापानबाट नेपाल पठाइसकिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोभ्याक्सले खरिदको व्यवस्थालाई अन्तिम रूप दिएपछि नेपाल पठाइने तालिकाबारे स्पस्ट थाहा हुनेछ ।
नेपालका लागि जापानी राजदूत किकुटा युटकले जापानको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै खोपले नेपालका नागरिकहरूको जीवन रक्षामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालले भोगेको स्वास्थ्य समस्यामा १६ लाख डोज खोपले केही राहत पुग्ने उहाँको आशा छ ।
एस्ट्राजेनिकाको खोपले कोभिसिल्डको पहिलो डोज लगाएका वृद्धवृद्धा र अहिलेसम्म खोप नललगाएका व्यक्तिहरूका लागि प्रभावकारी हुने दूतावासको विश्वास छ । दूवावासले खोप वितरणका लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्न चाहेको पनि बताएको छ ।
यसअघि पनि जापानले कोभिडविरुद्धको लडाइका लागि विभिन्न स्वास्थ्य सामग्रीहरू सहयोग गरेको थियो । दूतावासले महामारीबाट मुक्ति पाउनका लागि जापान सधैँ नेपाल सरकारको साथमा रहेको जनाएको छ । अक्टोबरसम्म जापानले ६ वटा जापानम बनेको एम्बुलेन्ससमेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्