
एजेन्सी । जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् ।
यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला जिल बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
ओलम्पिक खेलमा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि पहिलोपटक हो ।
सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो ।
ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवतजावत खुल्ला गरिसकिएको छ ।
प्रतियोगिता स्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ ।
यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ । प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्