
काठमाडौ । मानिको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा पहिरिएकी थिइन् ।
यतिबेला उनको लुक्स भाइरल भइरहेको छ । फिल्म फेस्टिबलको दोस्रो दिन रेड कार्पेटमा सुपरमोडल बेला कालो ड्रेसमा देखिइन् । उनले लगाएको ड्रेस अचम्मको थियो ।
अझ हेर्न लायकको त पहिरिएको नेकलेस थियो । २४ वर्षकी बेलाले मानिसको फोक्सोजस्तै देखिने सुनको आकर्षक नेकलेस लगाएकी थिइन् । उक्त नेकलेस डानियल रोजबेरीको कलेकसनबाट लिइएको थियो यो लुक्सको अहिले संसारभर चर्चा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्