१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलीले बालुवाटार छाड्दै, युथफोर्सले हजारौं गाडी र बाइकले स्कर्टिङ गर्दै बालकोट पुर्‍याउने


0
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युथफोर्सले बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लाने भएको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगैं निवर्तमान भएका ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बालकोट जान लाग्नुभएको हो । बालकोट ओलीको नीजि निवास हो ।

बिहान ११ बजे हजारौं बाइक र गाडीले स्कटिङ्ग गर्दै ओलीलाई बालकोट लाने युवा संघले जनाएको छ ।

सांसद महेश बस्नेतले बालुवाटारदेखि बालकोटसम्म गाडी र बाइकको लाइन हुने बताउनुभयो ।

कौशलटारदेखि बालकोटसम्म सडकको दायाँ बायाँ मानिसहरुले पुष्पगुच्छासहित ओलीलाई स्वागत गर्नेपनि बस्नेतले जानकारी दिनुभयो ।