१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटेबाघको छालासहित कैलालीमा दुई पक्राउ


0
Shares

कैलाली । क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाटे बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको छ ।

कैलालीको गौरिगंगा नगरपालिका ७ मटकौना स्थित सिंगासन सामुदायिक वन छेउबाट बिक्रीका लागि आउँदै गरेका मोहन्याल गाउपालिका ५ बस्ने ५२ बर्षिय पुर्ण बहादुर बुढामगर र निजकै ज्वाइँ नाता पर्ने लम्किचुहा नगरपालिका १ बस्ने ३० बर्षिय लोकेश सिजापतीलाई १० फिट लम्बाइ ६ फिट ७ इन्च चौडाइ पाटे बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।