८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पूर्वमन्त्री बस्नेतले दिए चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ़्रिजेरेटर


0
Shares

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चौतारा अस्पतालका लागि ब्लड स्टोरेज गर्न रेफ़्रिजेरेटर दिनुभएको छ ।

चौतारा अस्पताल पुगेर बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईलाई रेफ़्रिजेरेटर हस्तान्तरण गर्नुभएको हो ।

रगतको अभावमा कोहीले मृत्युवरण गर्न नपरोस् भनेर रेफ्रीजेरेटर हस्तान्तरण गरेको बस्नेतले बताउनुभयो । जिल्लाकै अस्पतालहरुमा गर्न सक्ने उपचार रगतको कारण काठमाण्डौ आउनुपर्ने अवस्थावाट अब सिन्धुपाल्चोकको बिरामीहरूले मुक्ति पाउने बस्नेतले विश्वास गर्नुभयो ।

४ सय लिटरको रेफ़्रिजेरेटर खदिरका लागि नेपाली कांग्रेस भोटेकोशी गाऊँपालिकाका कोषाध्यक्ष अमृत कार्कीसहितको समूहले सहयोग गरेको थियो ।

बस्नेतले यसअघि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका लागि पनि ४ सय लिटरको ब्लड स्टोरेज रेफ़्रिजेरेटर दिनुभएको थियो ।