१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक/एक रुपैयाँका दरले पेट्रोलियम पदार्थको भाउ घट्यो


0
Shares

काठमाण्डौ । नेपाल आयल निगमले एक / एक रुपैयाँका दरले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक रुपैयाँका दरले घटाएको हो ।

पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक / एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह गरेको छ।