
काठमाडौं । देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौंमा आज बदली भइ अपराह्नपछि बर्षाको संभावना रहेको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौंको आजको न्यूनतम तापक्रम २० दशमलब २.डिग्री सेल्सियस रह्यो भने अधिक्तम तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने छ । सूर्योदय आज बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्