१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड–

१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमै देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी समेत लिनुभएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई चैत मसान्तभित्र कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो । देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको जनाएको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको थियो ।

साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि सरकारले गरेको थियो ।