
काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेससँगै राख्नु पर्नेमा जोड दिएको हो ।
बुधबार बसेको बैठकले प्रधानमन्त्री नियुक्त भएकामा पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ज्ञापन गर्दै शिक्षा मन्त्रालयको नेतृत्व स्वयम पार्टीले नै राख्नुपर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्