१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकहरुलाई दोभाषेको रुपमा सहयोग पुर्‍याउनेलाई सुरक्षित स्थानमा लैजाने


0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाले द्वन्दको सयममा अफगानिस्तनमा आफ्ना सैनिकलाई दोभाषेका रुपमा सहयोग पुर्‍याउने अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजाने भएको छ ।

उनीहरुलाई यही जुलाइएको अन्तिम हप्तादेखि अमेरिका वा अर्को कुनै देशमा लगिने भएको हो । हालैका हप्ताहरूमा तालिबानले देशका विभिन्न क्षेत्रहरुमा तीब्र गतिले पकड जमाइरहेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन सासाकीले दोभाषेहरुलाई बहादुर व्यक्तिको संज्ञा दिँदै उनीहरुले विगत धेरै बर्षहरुमा खेलेको भूमिकाको मूल्य तिर्न आफुहरु तयार रहेको बताए ।

झण्डै २५ सय व्यक्तिहरु अमेरिका वा तेस्रो देशमा सैन्य सुविधाका लागि प्रतिरक्षारत रहेको बताइएको छ । अमेरिकीसहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो ।

अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटो सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ । सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।