१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगरबाट एक भारतीय नागरिक पक्राउ


0
Shares

बिराटनगर । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित एकजना भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट विराटनगर आउदै गरेका भारतको अररियाका पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रहरी नायव उपरीक्षक गोपीकृष्ण ठाकुरले प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा उनको साथबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल २ सय ९२ र लुपिजेसिक २ सय ९५ एम्पुल, एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले पटेललाई आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।