
काठमाडौं । दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभा बैठकको लागि सांसद् तथा कर्मचारीहरूको कोभिड परीक्षण हुने भएको छ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा साउन १ गते सांसद्, कर्मचारी, मर्यादापालक र संसदीय मामिलसम्बन्धी पत्रकारहरूको एन्टिजने परीक्षण गर्न लागिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका शाखा अधिकृतद्वारा जारी सूचनामा संसद्को अधिवेशन आह्वान हुन लागेकाले परीक्षणका लागि दिउँसो ११ बजेदेखि ४ बजेसम्म संसद् भवनको स्काइ लाईट हलमा उपस्थित हुन आग्रह गरिएको छ ।
निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो ।
तर, सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित गर्दैै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्