
एजेन्सी । टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले आफैँले पदक लगाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले यसको पुष्टि गर्दै पदक विजेता खेलाडी स्वयम्ले पदक लगाउनुपर्ने बताएका हुन् ।
यसअघि हरेक प्रतियाेगितामा कुनै सम्मानित व्यक्तिले पदक लगाइदिने चलक भए पनि कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न खेलाडी आफैँले पदक लगाउनुपर्ने व्यवस्था गरिएकाे हाे । आयाेजकले पदक टेबलमा राखिदिने र त्यसलाई पदक विजेता खेलाडी आफैँले लगाउनुपर्नेछ ।
ओलम्पिकमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । जापान सरकारले ओलम्पिकको समय टोकियोमा आपतकालको घोषणा गरेको छ । आईओसी अध्यक्ष बाकले समारोहको दौरान कसैले पनि एक आपसमा हात नमिलाउने बताएका छन् । र कसैले पनि अंकमाल नगर्ने बताएका छन् ।
ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्