१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थलमार्गको भाडा र हवाइमार्गको भाडा नजिक


0
Shares

बारा । सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातको भाडादर हवाइमार्गमा चल्ने विमानको भाडानजिक पुगेको छ ।

प्रदेश २ को विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौंसम्मको साबिक भाडामा ट्राफिक प्रहरीलाई प्रत्येक चेक पोष्टमा अतिरिक्त रकम बुझाउनु परेपछि सर्वसाधारणले चर्को भाडा तिनुपर्ने बाध्यता भएको हो ।

असार २९ गतेदेखि सरकारले सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएपछि सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातको भाडा हवाई विमानको भाडाको झण्डै नजिक पुगेको छ ।

हाल सिमरा–काठमाडौंको हवाइ भाडा २८ सय ५० रुपैयाँ रहँदा टाटासुमो तथा बसको भाडा दुई हजारदेखि २२ सय रुपैयाँसम्म रहेको छ । राजमार्गमा ट्राफिक प्रहरीले कसुरको जरिवानाभन्दा अवैध असुली गर्न थालेपछि यातायात व्यवसायी संघहरूले आक्रोश व्यक्त गर्न थालेका छन् ।