१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस महाधिवेशन : अझै टुङ्गो लागेन क्रियाशील सदस्य, सत्ताधारी दलकै अस्तित्व संकटमा


0
Shares

रोमन आचार्य
काठमाडौं । असार मसान्तसम्म पनि क्रियाशील सदस्यता छानविन समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशनको पक्ष विपक्षमा गतिलो बहस हुन थालेका छ । कतिपय महाधिवेशन अब हुनेमा ढुक्क छन् भने कतिपय महाधिवेशनको सम्भावना देख्दैनन् ।

असार २० गतेभित्र क्रियाशील सदस्यताको विवादलाई निचोडमा पुर्‍याएर अन्तिम कर्यातालिका बुझाउनुपर्ने दायित्व पाएको छानविन समितिले असार मसान्तसम्म दायित्व पूरा गर्न असमर्थ भएपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो । केन्द्रीय महाधिवेशनको कार्यतालिकामा संशोधन नभए पनि तल्ला तहका अधिवेशनको समयतालिका भने परिवर्तन हुने समितिका प्रवक्ता प्रदीप पौडेल बताउनुहुन्छ ।

असार पहिलो साता अन्तिम पटक भन्दै संसोधन भएको कार्यतालिका अनुसार असार २० गते समितिले काम सकेर अन्तिम सूची सभापतिलाई बुझाउनुपर्ने तथा ३० गते सभापति देउवाले क्रियाशील सदस्यको सूचीलाई हस्ताक्षर गरेर अन्तिम रूप दिनुपर्ने थियो ।

तर, नेतृत्वले छानविन मापदण्ड तयार गर्न नसक्दा र सिन्धुपाल्चोक, बर्दिया लगायतका जिल्लामा समायोजनको लफडा, फोरम लोकतान्त्रिक र राप्रपाबाट प्रवेश गरेकाहरूलाई सदस्यता वितरणमा देखिएको धाँधली लगायतले क्रियाशील वितरण पेचिलो बनेको प्रवक्ता पौडेलको भनाइ छ ।

क्रियाशील छानविन समिति अहिले ६५ भन्दा केही बढी जिल्लाको सदस्यता विवाद टुङ्गोमा पु¥याएको दाबी गरेको छ । बाँकी जिल्लाको विवाद अब पार्टी पदाधिकारीहरूले मिलाउनुपर्ने हुन्छ । हो, विवाद देखिएका केही जिल्लाका नेताहरू धर्ना बस्न काठमाडौं आइपुगेका छन् । केही दिनअघि राज्यसक्ताको बागडोर सम्हाल्नुभएका देउवाले संवैधानिक बाध्यताभित्र आफ्नै पार्टीको जीवन रक्षा गर्न सक्नुहुन्छ वा हुन्न गम्भीर प्रश्न खडा भएको छ ।