
Picture: web
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो । ओली निजी निवास बालकोटमा बसोबास गर्न थाल्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्