८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जनशक्ति अभावकाबीच सेवा बिस्तार


0
Shares

डडेल्धुरा । डडेल्धुरामा बिस्तारित अस्पताल सेवा सञ्चालनमा आएको छ ।

संघीय सरकार मातहतमा रहेको अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी रुपमा बिरामीलाई सेवा प्रदान गर्न थप स्वास्थ्य सेवासहित सहज पहुँचका लागि बिस्तारित अस्पताल सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको हो ।

कार्यविधि अनुसार कम निर्धारण गरिएको तर साबिकको शुल्कमा केही वृद्धि गरी चिकित्सकलाई अतिरिक्त पारश्रमिक उपलब्ध गरेर बिरामीलाई २४ सै घण्टा विशेष बहिरंग तथा इमरजेन्सी उपचार सेवा दिइने बताइएको छ ।

जनस्वास्थ्य सेवा ऐन बमोजिम कार्यविधिको अधिकार प्रयोग गरी सेवा सुरु भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनु भयो ।

पाँच सय शैयाको डडेल्धुरा अस्पतालमा स्त्रीरोग, हाडजोर्नी, जनरल सर्जरी, मनोरोग, एनेस्थेसियालोजिष्ट र मेडिसीनबाहेक अन्य विषेशज्ञ चिकित्सक छैनन् भने बालरोग विशेषज्ञ नहुँदा बिरामीलाई अन्यत्र जानु पर्ने बाध्यता छ ।