२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बर्दियामा साउन १० गतेसम्म निषेधाज्ञा थप


0
Shares

बर्दिया । बर्दियामा असार ३१ गतेसम्म जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखानासहितका बढी भीड हुने पसलहरु भने खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

यस्तै सार्वजनिक सवारी साधनहरु स्वास्थ मापदण्डको पालना गरी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चलाउन पाइने बताइएको छ ।