
एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले योजनावद्ध रुपमा हिंसात्मक गतिविधि सञ्चालन गरिएको आरोप लगाएका छन्।
पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेर हिंसात्मक गतिविधिको योजना बनाएको उनकाे आरोप छ । राष्ट्रपति रामाफोसाले जुमाले अदालतको अबहेलना गरेर प्रहरीसमक्ष आफैं गिरफ्तारी दिएपछि मुलुकभर त्यसको विरोधमा भएका हिंसात्मक गतिविधि अराजनीतिक भएकोसमेत टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामाफोसाले समर्थकले जुमाको रिकाइका लागि भन्दा पनि मुलुकमा अशान्ति मच्चाउन गैरकानुनी काम गरेको टिप्पणी गरेका छन् । मुलुकभर हिंसात्मक गतिविधिहरु बढ्दै गएकाले मृतकको संख्या २१२ पुगको छ ।
विरोध प्रदर्शनका क्रममा देशभर भएका लुटपाट र आगजनीका घटना नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको कारवाहीमा ती व्यक्ति मारिएको सरकारी अधिकारीहरुको दावी छ ।
हिंसाका घटनाहरु बढ्दै गएपछि सरकारले त्यलाई नियन्त्रणमा लिन देशभर २२ हजार भन्दा बढी सेना परिचालन गरेको छ । सुरक्षाकर्मीले हालसम्म २५ सय भन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ । हिंसाका घटना तत्काल नियन्त्रणमा नलिए केही दिनमै मुलुकका मुख्य आपूर्ति सेवाहरु प्रभावित हुने पनि राष्ट्रपति रामाफोसाले बताए ।
प्रतिक्रिया दिनुहोस्