१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपेली मुलुकहरुमा बाढीका कारण मृत्यु हुनेको संख्या १२५ पुग्यो


0
Shares

एजेन्सी । जर्मनीसहित पश्चिम युरोपेली मुलुकमा दशकयताकै भीषण बाढीमा मृत्यु हुनेको संख्या १२५ पुगेको छ । बाढीमा परेर अझै ३ सय भन्दा बढी बेपत्ता भएका छन् ।

जर्मनी र बेल्जियममा मात्र १ सय २५ जनाको मृत्यु भएको छ । यसमध्ये जर्मनीमा मात्र १ सय जना र बेल्जियममा कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ।

पानीसहितको वर्षापछि आएको बाढीले पश्चिम तथा दक्षिण जर्मनीको गाउँहरु डुबानमा परेका छन् । अझै सयौं मानिस घरमै रहेकाले तिनीहरुको उद्दार जारी रहेको सरकारी अधकिारीहरुले जनाएका छन् ।

वर्षा नरोकिएकाले थप सतर्कता आवश्यक रहेको भन्दै प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न चुनौती भएको उद्दारमा संलग्नहरुले बताएका छन् । हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्ने त्यहाँको सरकारले जनाएको छ ।