१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लामो दूरीका सवारी साधनको भाडा बढ्यो कहाँ जान कति लाग्ने(सूचीसहित)


0
Shares

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो ।

असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो ।

विभागले बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागु हुने जनाएको छ । अघिल्लो सरकारले यात्रु बाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो ।

पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत भाडा बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबहाक सावरीको २६ प्रतिशतले भाडा बढेको छ ।