१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन कोइराला लञ्च मिटिङमा


0
Shares

काठमाडौं । १४ औं महाधिवेसनमा साँझा उम्मेद्वार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका छन् । महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइराला बीच अहिले छलफल भइरहेको छ ।

शेखर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको हो । यस्तै कृयाशिल सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितीमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

‘‘विशेषतः तोकिएकै समयमा महाधिवेसन हुनुपर्छ भन्नै बैठकको मुख्य विषय हो’’, सचिवालय भन्छ–‘‘संस्थापन इतरबाट साँझा सभापतिको उम्मेद्वार बनाउने विषय छुट्ने कुरै भएन ।’’

आसन्न महाधिवेशनमा कोइराला परिवारका तीनै नेताहरुले सभापतिमा उम्मेद्वार बन्ने बताइसकेका छन् । नेत्री सुजाता कोइरालाले सहमति बन्ने अवस्था आए आफू पछि हट्ने भने पनि शशांक र शेखर जुनसुकै अवस्थामा महाधिवेशन लड्ने बताइरहेका छन् ।