
तस्बिर फाइल
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासंघका पदाधिकारीले कोरोना खोप सर्वसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न मागसमेत गरेको थियो ।
भेटमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्