१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी बैठक पनि बस्ने


0
Shares

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सोमबार दिउँसो ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकका एजेण्डाको विषयामा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे च्यासलमै बस्ने उहाँले बताउनुभयो ।

आइतबारको स्थायी कमिटी बैठकका लागि माधव नेपाल पक्षका नेताहरूलाई पनि खबर पठाइएको छ । सोमबार बैठकका लागि भने आइतबार मात्र खबर गरिने उहाँको भनाइ छ । उहाँले आफूहरूले जेठ २ गतेपछिको केन्द्रीय कमिटी बैठक बोलाएको बताउनुभयाे ।

शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा माधव नेपाल पक्षीय नेताहरू भने सहभागी थिएनन् । उनीहरूले बैठक रोकर सहमतिका साथ अघि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे पनि ओलीले बैठक नरोकी अघि बढेका थिए ।

आइतबारकाे बैठकमा नेपाल पक्षका नेताहरू आउनुपर्ने दायित्व र जिम्मेवारी भएकाले आउने सचिव तामाङकाे विश्वास छ । बैठकमा साउनमा तय गरिएको विधान अधिवेशनका विषयमा समेत छलफल हुनेछ ।

बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदलले गरेको एकताको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भङ्ग गर्ने निर्णय गरेको थियो ।एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी बैठक पनि बस्ने