१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्धारका नाममा हिमालय एयरलाइन्सको लुट, मलेसिया-काठमाडौं हवाई टिकट पाँच गुणा बढी


0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियाबाट नेपाल फर्कने श्रमिकलाई पाँच गुणासम्म बढी रकममा हवाई टिकट बिक्री गर्दै आएको गैरआवासीय संघ साउदी अरेबियाले आरोप लगाएको छ ।

एयरलाइन्सले श्रमिकको उद्धारको नाममा श्रमिकलाईं नै ठगेको संघका अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार एयरलाइन्सले श्रमिकलाई साउदीदेखि काठमाडौंसम्मको हवाई टिकट ८६ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म बिmक्री गरेको छ । सामान्य अवस्थामा नेपालदेखि साउदीको एकतर्फी हवाई भाडा २४ हजार पर्छ ।

तर, कोरोना संक्रमणको गलत फाइदा उठाउँदैं एयरलाइन्सले चर्को शुल्कमा टिकट बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

संघको साउदीस्थित नेपाली दूतावालाई समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो ।