२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्र संसदीय दलकाे बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ ।

आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।