२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले स्थायी कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मान्नुभएन ।

नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाक्नुभएको हो । आजको बैठकले भोलि केन्द्रीय कमिटीको बैठक बोलाउने बताईएको छ ।

यसअघि गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० वुँदे सहमति अनुमोदन गर्दै विवाद समाधानका लागि गठित कार्यदल भंग गरेको थियो । कार्यदल भंग गरिएपनि हिजो बिहान कार्यदलका सदस्यहरु अनौपचारिक छलफलमा जुटे ।

उनीहरुले ओली निवास बालकोट पुगेर आजको लागि तय गरिएको बैठक रोक्न आग्रह गरेका थिए । एमालेको नेपाल समूहले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वाशको मत दिने संकेत दिएपछि पार्टी एकता फेरी धुमिल भएको छ ।