२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जथाभावी सडक खन्दा गलेश्वरपारीको बस्ती उच्च जोखिममा, डरले स्थानीय रातभरि जाग्राम


0
Shares

म्याग्दी । रघुगंगा गाउँपालिका स्थित गलेश्वरपारीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

बास्ती माथिको भिरालो पाखो लस्किएर बस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

गलेश्वर–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयले जनाएका छन् । जेठको पहिलो साता देखि नै यहाँका बासिन्दा पहिरोको त्रासले सुत्न सकेका छैनन् ।

जथाभावी खनिएका सडकको कारण गलेश्वर पारीको बस्ती मात्रै होइन म्याग्दीका १९ वटा बस्तीका सयौं घर र परिवार जोखिममा छन् ।