२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वरपारी वस्ती पहिरोको उच्च जोखिममा


0
Shares

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित गलेश्वरपारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । वस्ती माथिको भिरालो पाखो लस्किएर वस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

गलेश्वर–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयले जनाएका छन् । जेठको पहिलो सातादेखि नै यहाँका बासीन्दा पहिरोको त्रासले सुत्न सकेका छैनन् ।

जथाभावि खनिएका सडकको कारण गलेश्वर पारीको वस्ती मात्रै होइन म्याग्दीका १९ वटा वस्तीका सयौं घर र परिवार जोखिममा छन् ।