
चितवन। चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका १० की २३ वर्षीय सुजना चौधरीको मृत्यु भएको हो ।
साँझ ६ बजेतिर खैरहनि ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक रत्ननगर नगरपालिका ३ वस्ने सुबास चौधरी सामान्य घाईते भएका छन् ।
मोटरसाइकल पछाडि सवार चौधरी गम्भीर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस्