७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भयोः बाबुराम भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताउनुभएको छ ।

संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताउनुभयो ।

‘ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’, डा. भट्टराईले भन्नुभयो, ‘यो एक प्रकारको ०६५/६६ पछि कांग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’

यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उहाँले बताउनुभयो ।