
काठमाडौ । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएको हो ।
दोलखाको बिगु–१ स्थित ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको असार २१ गते पहिलो युनिट ७६ मेगावाट उत्पादन सुरु गरिएको थियो ।
त्यस्तै दोस्रो युनिट पनि मंगलबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो । उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो ।
आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । पावर ट्रान्सफर्मरमा सामान्य खरावी देखिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्