१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाइ


0
Shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई जारी राख्ने बताउनु भएको छ ।