१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मृत भेटिएकी सुजिता भण्डारीको शव परिवारले बुझ्यो


0
Shares

चितवन । सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव परिवारले बुझेका छन् ।

सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए । तर शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले उनीहरुले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुजिताको शव परीक्षण, भिसेरा र सबै प्रक्रिया पूरा गरेर ल्याबमा लगेपछि रिपोर्टको नतिजाबाहेक अरु बांँकी नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गत असार ११ देखि सम्पर्कविहीन भएकी २३ वर्षीया सुजिताको शव असार २० गते घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।