१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने


0
Shares

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ ।

एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ ।

कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो ।
यसैबीच, २०२२ को संस्करणको अवार्ड कतारको दोहामै गरिने एएफसीले जनाएको छ ।