
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
सोमबार बिहान भएको टेलिफोन वार्तामा मोदीले देउवालाई बधाई दिनुभएको छ । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालये जनाएको छ ।
टेलिफोन कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई चाँडै नै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रायलकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।
भारतको सेरम इन्स्टिच्यूटलाई १० लाख डोज खोपको भुक्तानी भइसके पनि खोप अझै उपलब्ध हुन सकेको छैन । भुक्तानी भएको ४ महिना बित्दासमेत भारतले खोप नदिएको हो ।
In a cordial telephone conversation today, Prime Minister of India @narendramodi congratulated Prime Minister @DeubaSherbdr. The two PMs discussed further strengthening of bilateral relations. PM India assured early supply of COVID Vaccines to Nepal.@PaudyalBR @sewa_lamsal
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 19, 2021
प्रतिक्रिया दिनुहोस्