
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रहेको छ ।
सोमबार उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले उकालो लागेर २९ सय ९४ कायम भएर थामियो । सुरुवाती समयमा तीव्र दरले उकालो लागेर ३ हजार ३१ को उचाइ चुमेको नेप्से पुनः ओरालो झरेको हो ।
यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।
जीवन बीमा, उत्पादनमूलक, अन्य र वाणिज्य बैंक समूह दोहोरो अंकले सुधारिए । लगानी र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहे । वित्त, होटल तथा पर्यटन र विकास बैंक, लघुवित्त र जलविद्युत समूह ओरालो लागे ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्