
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक आपसमा जुध्दा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४० जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका अधिकांश श्रमिक छन् । बस सियाल्कोटबाट राजनपुरका लागि प्रस्थान गरेको थियो । इद–उल–अजहा मनाउन बिदामा घर फर्किन लागेका श्रमिक चढेको बस राजमार्गको तौन्सा बाइपास नजिक सोमबार बिहान ट्रकसँग जुध्न पुगेको हो ।
एक स्थानीय पत्रकारले बीबीसीलाई जनाएअनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा रहेको छ ।
दुर्घटना लगत्तै घाइतेलाई नजिकको अस्पतालमा पु¥याइएकोमा १८ जनालाई तत्कालै मृत घोषित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्