१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब


0
Shares

काठमाडौं । गत आर्थिक वर्षको अन्तिम साता मात्र वाणिज्य बैंकहरूले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरू निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रामक देखिएको संघको तथ्याङ्कले देखाएको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी वाणिज्य बैंकहरूले असारको अन्तिम साता मात्र ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । योसँगै गत आर्थिक वर्षमा वाणिज्य बैंकको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

असार अन्तिम साता सरकारको अधिक खर्च परिचानका कारण पनि बैंकहरूमा निक्षेप थुप्रेको विश्लेषण गरिएको छ ।