६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टोटनह्यामले गोलरक्षक गुल्लिनीलाई क्लबमा ल्याउने तयारी


0
Shares

एजेन्सी । इंग्लिस क्बल टोटनह्यामले एटलान्टाका गोलरक्षक पियरलुइजी गुल्लिनीलाई ल्याउने तयारी गरेको छ ।

प्रशिक्षकमा नुनो एस्पिरितो सान्तो नियुक्त भएसँगै २६ वर्षका गुल्लिनीलाई लोनमा क्लब ल्याउने प्रक्रिया थालिएको हो ।

लोन सम्बन्धी सम्झौतामा आउँदो सिजन उनलाई १५ मिलियन युरोमा क्लबमै राख्न सकिने विकल्प पनि रहने उल्लेख छ ।

उनले इटालीबाट एक खेल खेलेका छन् । तर युरोकपका लागि उनी छनौटमा पर्न सकेका थिएनन् ।