
एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । आयरल्याण्डको डब्लिनमा गएराति भएको खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिका ३३ रनले विजयी भएकाे हाे ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । उसका लागि ह्यारी टेक्टरले सर्वाधिक ३६ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे । आयरल्याण्डका मार्क एडिअरले ३ विकेट झारे । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको टि–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्