
तस्वीरः सूर्य थापा ट्वीटर
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानको भवनमा हिजो सुरु भएको बैठक आज पनि जारी रहनेछ ।
बैठक आज अपरान्ह ३ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । यसअघि, हिजो बसेको एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षमा देखिएका ८ जनासहित कुल २२ एमाले सांसदले वरिठ नेता माधव नेपालको नेतृत्वमा देउवालाई विश्वासको मत दिएका थिए । केन्द्रीय कमिटीको जारी बैठकमा नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्