
बागलुङ । जिल्लाको बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका–५ स्थित बिहुँका स्थानीय ईन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे ८ बजे घाँस काट्दै गर्दा भिरबाट लडेका पुनलाई टाउकोका गम्भीर चोट लागेको थियो । सुनापोखरीका स्थानीयले देखेपछि उनलाई उद्धार गर्दागर्दै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्