
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।
बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने उहाँले उल्लेख गर्नुभयो । सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताउनुभयो ।
मन्त्री खाँडले राष्ट्रिय सहकारी महासंघको टोलीसँग भएको भेटमा सो कुरा बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँडले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने पनि बताउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्