१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका सय जना अपहरणमुक्त


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूुहको अपहरणमा परेका महिला र बालबालिका गरी सय जनालाई सरकारले अपहरण मुक्त गरेको छ ।

गत जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका सय जनालाई अपहरण मुक्त गरेको नाइजेरियाली सरकारले जनाएको छ । अपहरण मुक्त हुनेमा स्वास्थ्यकर्मी महिला र शिशुहरु रहेका छन् ।

अपहरणमुक्त गर्ने क्रममा बिद्रोहीसंगको झडपमा चारजनाको मृत्यु भएको छ । जामफारा प्रान्तका गभर्नरका अनुसार उनीहरुलाई बिना शर्त अपहरण मुक्त गरिएको हो ।

यस अघि बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मी र कर्मचारीको अपहरण गरेको थियो भने विभिन्न बिद्यालयबाट सन् २०२० मा मात्रै १ हजार भन्दा बढी बिद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरु अपहरणमा परेका थिउ ।